मिति २०८१ साल फाल्गुन १८ गते यस शिक्षालयका संस्थापक अध्यक्ष श्री धर्मराज शाहीज्यू तथा राष्ट्रिय योजना आयोगका माननीय सदस्य गीता कुमारी पौडेल अधिकारीज्यू सिटिईभीटीका परिषद् सदस्य श्री विश्वनाथ ओझा ज्यू, सिटीभिटी पोलिटेक्निक निर्देशक श्री नवराज कोइराला ज्यू, सिटिईभीटी कर्णाली प्रादेशिक कार्यालयका निर्देशक श्री अचुतराज दाहाल ज्यूहरूलाई स्वागत गरी मायाको चिनो दिँदै शिक्षालयका अन्य उपस्थित सरहरू बीच बैठक सम्पन्न भयो।
उक्त बैठकमा प्राविधिक शिक्षाका सन्दर्भमा महत्वपूर्ण छलफल भएको थियो भने शैक्षिक उत्कृष्टता र सीपमा आधारित सिकाइ प्रवर्द्धन गर्न उच्च शिक्षा र प्राविधिक शिक्षाबीच सहकार्य सुदृढ गर्ने विषयमा बैठक केन्द्रित रहेको थियो ।
छलफल मार्फत यस शिक्षालयना, नीति निर्माण निकाय, तथा प्राविधिक तालिम निकायबीच समन्वयात्मक प्रयास लाई थप मजबुत पार्दै राष्ट्रको समग्र विकासका लागि दक्ष जनशक्ति निर्माण गर्ने नीति निर्माण एवं कार्यान्वयन हुने आशा गरिएको छ । ॐ



