योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान अन्तर्गत हिजो स्थापना गरिएको ECA क्लबले आफ्नो पहिलो सामाजिक अभियान स्वरूप मिति 2083।02।02 ईत्राम वडा नम्बर ७ मा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। स्वच्छ वातावरण निर्माण गर्नु हरेक नागरिकको साझा जिम्मेवारी हो भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता, सेवाभाव र सामाजिक चेतनाले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको छ।
युवाशक्ति केवल शिक्षामा सीमित नभई समाज रूपान्तरणको आधार पनि हो भन्ने सन्देश यस अभियानले प्रवाह गरेको छ। सानो प्रयासबाट पनि ठूलो परिवर्तनको सुरुवात गर्न सकिन्छ भन्ने विश्वासका साथ सम्पन्न भएको यो कार्यक्रमले सामाजिक उत्तरदायित्व, सहकार्य र सकारात्मक सोचलाई थप मजबुत बनाएको छ। आगामी दिनहरूमा पनि














ECA क्लबमार्फत यस्ता रचनात्मक, जनचेतनामूलक तथा समाजमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्दछौं।